२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णय पुनरविचार गर्न सरकारलाई गगन थापाको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनरविचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

यातायात मन्त्रालयले आगामी साउन १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर राख्नुपर्ने सूचना जारी गरेको थियो । इम्बोस्ड नम्बर नराखे कारवाही गर्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।

नेपाली कांग्रेसका सांसदसमेत रहेका नेता थापाले मन्त्रालयले जनतालाई धम्कीको भाष दिएको उल्लेख गर्दै समस्या समाधान नगरी यस्तो धम्की आपत्तिजनक रहेको बताए ।

उनले जनतलाई दण्ड र जरिवानाको डर देखाएर तर्साउने काम भएको भन्दै जबरजस्ती गरे जनताले अवज्ञा गर्ने चेतावनी दिए । उनले सरकारले निर्णयमाथि तुरुन्त पुनरविचार गर्नुपर्ने बताए ।

उनका अनुसार छिमेकी मुलुकहरुमा भन्दा नेपालमा इम्बोस्ड नम्बर पाँच÷छ गुणा महँगो छ । पूर्वाधार तयार नगरी जनतालाई सास्ती दिने काम बन्द गर्नुपर्ने उनको माग छ ।

उनले इम्बोस्ड नम्बर छिमेकी देशहरूमा भन्दा नेपालमा पाँचरछ गुणा महँगो भएको गुनासो नागरिकहरूबाट आइरहेको पनि बताए।

बागमती र गण्डकीको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनले साउन १ गते भित्र इम्बोस्ड नम्बर नलिए कारावही गर्ने चेतावनी यातायात विभागले दिएको छ ।