२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसमा कारवाही: अन्तरघात गरेको भन्दै मोरङमा ५ नेताको बर्खास्ती



Nepali Congress
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस मोरङले स्थानीयतहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला स्तरिय ५ नेतालाई कारवाही गरेको छ ।

नेपाली कांग्रेस मोरङका अनुसार बिराटनगर महानगरपालीका वार्ड १७ स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट अध्यक्ष पदका उम्मेदवार असलम आलमलाई पराजय गराउनका लागि भूमिका खेलेको भन्दै महासमिति सदस्य हसन अंसारी सहित अन्य ४ जनालाई कारबाही गरेको हो ।

पार्टीको सााधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाहरुमा नेपाल मुस्लिम संघ एक नं प्रदेशका कोषाध्यक्ष अबिद अलि अंसारी , मुस्लिम संघ मोरङका अध्यक्ष आजाद आलम,मोरङ क्षेत्र न. ५का सह सचिव रोसन आलम र प्रदेश अधिवेशन प्रतिनिधी मोरङ क्षेत्र नं ५प्रदेश नं १ का सहिउल्ला (सलिम ) रहेका छन् ।

उनिहरुलाई कारबाही गरिएको बारे पार्टीका नगर वडा समितिका अध्यक्ष एहशन आलामले केन्द्रिय कार्यालयलाई जानकारी गराउनु भएको छ ।




भर्खरै