३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछाप बस दुर्घटना अपडेटः मृतकको संख्या १३ पुग्यो , ९ जनाको सनाखत



अ+ अ-

काठमाडौं । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

घाइतेमध्ये थप ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । योसँगै बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा सुनापति–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला रहेको बताइएको छ । प्रहरीका अनुसार घाइतेहरु २० जनाको धुलिखेल अस्पताल र थप १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

हिँडेको केही घन्टापछि (करिब १० किमी गुडेपछि)बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताए ।

बस दुर्घटनामा मृत्यु हुनेहरु
१) ठुला तामाङ, (६० वर्ष) सुनापति–५ रामेछाप
२) समरिता तामाङ, (२६ वर्ष) सुनापति–४ रामेछाप
३) खड्क बहादुर बिक, (३६ वर्ष) सुनापति–५ रामेछाप
४) कमल तामाङ, (२५ वर्ष) रोशी गाउँपालिका–४ काभ्रे
५) सुदिप गजमेर, (१८ वर्ष) पाँचखाल–८ काभ्रे
६) बिपना तामाङ, (२२ वर्ष) सुनापति–५ रामेछाप ।
७) शुभलक्ष्मी मानन्धर, (६० वर्ष) मण्डन देउपुर नगरपालिका –९ काभ्रे ।
८) सन्जु आले मगर, (३६ वर्ष) सुनापति–५ रामेछाप, खनियापनी
९) कुल बहादुर बिक, (४० वर्ष) पाँचखाल–८ काभ्रे