७ असार २०८३, आईतवार
,
Latest
भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाद्वारा दुई विधेयक पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएका दुई विधेयकलाई पारित गरेको छ । ती विधेयकमा औषधी ऐन संशोधन विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनसम्बन्धी विधेयक छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवनीप्रसाद खापुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । विधेयकको सैद्धान्तिक छलफलमा सांसद योगेशकुमार भट्टराई, पुष्पा भुसाल गौतम र विमला विकले भाग लिनुभएको थियो ।

यसैगरी स्वास्थ्यमन्त्री खापुङले ‘स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । उक्त विधेयक उपरको छलफलमा सांसद कृष्णभक्त पोखरेल, दिव्यमणिराज भण्डारी, नारायणप्रसाद खतिवडा, पुष्पा भुसाल गौतम र घनश्याम खतिवडा लगायतले भाग लिनुभएको थियो ।

दुवै छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै स्वास्थ्य मन्त्री खापुङले विधेयकलाई संविधानले दिएको समयसीमाभित्र रही दुवै विधेयक सदनबाट पारित र राष्ट्रपतिबाट प्रमाणित गर्नुपर्ने भएकाले विधेयकका सम्बन्धमा पेस भएका संशोधन प्रस्ताव फिर्ता लिन अनुरोध गर्नुभयो ।

यसअघि सांसद प्रेम सुवालले दुवै विधेयक माथि पेस गर्नुभएको संशोधनको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा पेस गर्नुभएको ती विधेयक सर्वसम्मतिले स्वीकृत गर्दै छलफलका लागि सम्बधित समितिमा पठाइने भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते दिउँसो ३ बजे बस्नेछ ।




भर्खरै