७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसकी कलिला खातुनले गरिन् उम्मेदवारी फिर्ता



अ+ अ-

तनहुँ । तनहुँ प्रदेश सभा १ ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गराएकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य कलिला खातुनले उम्मेदवारी फिर्ता लिएकी छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै खातुनले सोही निर्वाचन क्षेत्रबाट गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हरिबहादुर चुमान (अजित)लाई सघाउने प्रतिवद्धता पनि जनाएकी छन् ।

गठबन्धनको सिफारिस बिनै उम्मेदवारी दर्ता गराएकी खातुनले विज्ञप्तिमा भनेकी छिन्–‘देशको जटिल परिस्थितीका कारण हाम्रो बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लगायतका महान उपलब्धीहरुको रक्षा गर्दै प्रतिगमनकारी शक्तिलाई परास्त गर्नु अहिलेको प्रमुख आवश्यकता रहेकाले मैले गठबन्धनका शिर्ष नेताहरुको आग्रहमा आजकै दिनबाट आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’