२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः अष्ट्रेलियाले आयरल्याण्डलाई ४२ रनले हरायो



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपको सुपर–१२ चरणमा अष्ट्रेलियाले आयरल्याण्डलाई ४२ रनले पराजित गरेको छ ।

ब्रिसबेनमा आयरल्याण्डका कप्तान एन्ड्रयु बालबर्नीले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । निर्धारित २० ओभरको अन्त्यमा अस्ट्रेलियाले ५ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

१८० रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८.१ ओभरमा १३७ रनमा अलआउट भयो । आयरल्याण्डका लोर्कन टकर ७१ रन बनाएर नटआउट रहे । दोस्रो ओभरमा पहिलो विकेट खसेपछि अन्तिमसम्म खेलमा रोमाञ्चक रहे तर टोलीलाई जित दिलाउन सकेनन् ।

अष्ट्रेलियाका बलरको अगाडि टोलीका अन्य कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । यो जितसँगै अष्ट्रेलिया ५ अंकसहित समूह १ मा दोस्रो स्थानमा उक्लिएको छ । समूह १ मा न्यूजिल्याण्ड पहिलो स्थानमा छ ।

आयरल्याण्डको आधा टोली २५ रनमै प्याभेलियन फर्किएको थियो । तर, मध्यक्रमका ब्याट्सम्यान लोर्कन टक्करले अन्तिमसम्म ब्याटिङ गर्दै आयरल्याण्डलाई जितको आशा जगाए ।

उनी ७१ रन बनाएर नटआउट रहे । तर, अर्को तर्फबाट समर्थन नपाएपछि उनले टोलीलाई जित दिलाउन सकेनन् । उनी बाहेक आयरल्याण्डका कुनै पनि ब्याट्सम्यानले १५ रनभन्दा बढी रन बनाउन सकेनन् ।

बलिङमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, एडम जाम्पा, प्याट कमिन्स र मिचेल स्टार्कले २–२ विकेट लिए । यस्तै, मार्कस स्टोइनिसले एक विकेट लिए । टोलीका अन्तिम ब्याट्सम्यान रनआउट भए ।

आयरल्याण्डका लागि लोर्कन टकरले ७१ रन बाहेक ग्यारेथ डेलानीले १४, मार्क एडेयरले ११ र पल स्टर्लिङले ११ रन बनाए । टोलीका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

यसअघि अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ बलमा ६३ रन बनाएका थिए । उनले आफ्नो इनिङ्सका लागि प्लेयर अफ द म्याचको अवार्ड पाए । मार्कस स्टोइनिसले २५ बलमा ३५ र मिचेल मार्सले २८ रन बनाए । आयरल्याण्डका लागि ब्यारी म्याकार्थीले २९ रनमा ३ विकेट र जोसुवा लिटिलले २१ रनमा २ विकेट लिए ।