२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व पारा तेक्वान्दोमा नेपालकी सिर्जनालाई स्वर्ण



अ+ अ-

काठमाडौं । साउदी अरबियामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको छ ।

रियादमा बिहीबार राति भएको प्रतियोगितामा नेपालकी सिर्जना घिसिङले ५२ केजीमुनि के–४४ क्याटगोरीमा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई १२-० अंकले हराएर स्वर्ण पदक जितेकी हुन् ।

सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तो र क्वाटरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोलाई हराएर फाइनलमा प्रवेश गरेकी सिर्जनाले विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन् ।

सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा रजत पदक जितेकी थिइन् ।

प्रतियोगितामा नेपालको तर्फबाट सिर्जनासँगै ५७ केजीमुनि पारा ओलम्पियनमा पलेशा गोबद्र्धनले पनि सहभागिता जनाएकी थिईन । पलेशा भने फाइनलमा प्रवेश गर्न सकिनन् । उनी क्वाटरफाइनलबाट बाहिरिएकी हुन् ।

नेपाली टोलीको प्रशिक्षकमा इन्टरनेसनल लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।