९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो : नेता कोइराला



अ+ अ-

विराटनगर I नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताउनुभएको छ ।नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई जनतालाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।

कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसिसी आउँदैमा मुलकमा विदेशी सेना आउने यसकोे कुनै पनि बुँदामा उल्लेख नभएको प्रष्ट पार्नुभयो । उहाँले एमसिसी रु ६३ अर्बको परियोजनाले मुलुकको विद्युत् ट्रान्समिसन लाइनको विस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढावा दिनु रहेको बताउनुभयो । उहाँले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रष्ट पार्नुभयो ।

नेपाली कांग्रेस वडा नं ९ का सभापति अनुजा कोइराला, महानगरपालिकाका सभापति दीपक चापागाईँ, क्षेत्र नं ६ ९ख० का सभापति मधुबाबु तिवारी, महाधिवेश प्रतिनिधि निरञ्जन रिजाल तथा समाजसेवी नारायणप्रसाद श्रेष्ठलगायतले प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने सहिदहरूको सपनालाई पूरा गर्न नेता तथा कार्यकर्ता जनताको समृद्धिका लागि जुट्नुपर्ने बताउनुभयो । नेता कोइरालाले मुटुरोग विशेषज्ञ डा राजीव श्रेष्ठलाई पार्टीमा स्वागत गर्नुभयो ।