६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोन्सन एण्ड जोन्सन खोप आजबाट शुरुवात, प्रधानमन्त्री र अमेरिकी राजदुतद्वारा निरिक्षण (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त खोप अभियानको शुरुवात गर्नुभएको छ । उहाँले आज (सोमवार) जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा बिहान १० बजे स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको हो । 

अमेरिकाले नेपाललाई उपहार स्वरुप उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आजबाट काठमाडौंमा ४४ वटा खोपकेन्द्रबाट ६ गतेसम्म लगाईंदैछ । कोभ्याक्स मार्फत् उपलब्ध गराएको यो खोपको एउटा डोज मात्रै लगाए पुग्छ । 

५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने यो खोप सो उमेर समूह बाहेक शारीरिक अशक्तताको क र ख वर्गको परिचय पत्र पाएका, सरसफाइकर्मी, खोप नपाएका स्वास्थ्यकर्मी र नेपालमा बसिरहेका शरणार्थीलाई लगाइनेछ । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागि हुनुहुन्थ्यो ।