९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाही राप्रपामा ,देशमा ध्रुवीकरण शुरु भइसकेको छ- राप्रपा अध्यक्ष लिङ्देन



अ+ अ-

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सीमित दल र दलका नेताले ३१ वर्षदेखि बन्धक बनाइरहेकाले यसबाट मुक्तिका लागि राष्ट्रवादी आन्दोलनको जरुरत भएको बताएका छन् । आज काठमाडौंमा ज्ञानेन्द्र शाही नेतृत्वको सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानलाई राप्रपामा स्वागत गर्दै अध्यक्ष लिङ्देनले यथास्थितिको निरन्तरता चाहने र यथास्थितिमा परिवर्तन चाहने शक्तिका बीच ध्रुवीकरण आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष लिङ्देनले देशमा ध्रुवीकरणको प्रारम्भ भइसकेको बताउँदै कांग्रेस र कम्युनिस्टमा रहेका देशभक्त राष्ट्रवादीहरु राप्रपामा आबद्ध हुन ढिला नगर्न पनि अपिल गरेका छन् । राप्रपाको सदस्य भएर सिद्धान्तबाट विचलित हुने, सत्ता, शक्ति, भ्रष्टाचार र स्वार्थको पक्षमा रहने तथा गणतन्त्र र धर्म निरपेक्ष मनमा बोकेर हिड्नेहरु विस्तारै अर्को कित्तामा लाग्न सक्ने सम्भावना छ, लिङ्देनले भने- "समान विचार भएकाहरुलाई एकजुट बनाउँदै बलियो राप्रपा बनाउने अभियान थालिएको छ ।"

राप्रपाको सदस्य भएर कसैले पश्चाताप वा हिनताबोध गर्नु नपर्ने बताउँदै लिङ्देनले राप्रपालाई वैकल्पिक होइन राष्ट्रको मुल शक्ति बनाउन सकिने दाबी गरेका छन् । कार्यक्रममा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले अभियानलाई औपचारिक रुपमा राप्रपा समाहित गरेको घोषणा गरेका थिए । शाहीले देशका तमाम मुद्दा बोकेर सडकमा कराउँदा पनि राज्य संयन्त्रले दबाब महशुस नगरेको र सुनुवाइ नभएको भन्दै राजनीति शुद्धीकरण गर्दै उद्देश्य प्राप्तिका लागि राप्रपामा समाहित भएको बताए ।

देशमा धेरै राजनीतिक दलहरू भएतापनि राष्ट्रियता, प्रजातन्त्र, सुशासन, समावेशीता र नेतृत्व राप्रपामा तुलनात्मक रुपमा सहि भएकाले आफू र आफ्नो नेतृत्वको अभियान राप्रपामा समाहित भएको बताए । पार्टी समायोजन कार्यक्रममा राप्रपाका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ लगायतले बलियो राप्रपा र राप्रपाको नेतृत्वमा राष्ट्रवादी आन्दोलनको अपरिहार्यतामा जोड दिएका थिए ।