काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज बालुवाटारमा बस्दै छ । आज बस्ने बैठक दिउँसो २ बजे हुने भएपनि बैठक बस्ने स्थान भने निश्चित भइसकेको छैन ।
कांग्रेसको पदाधिकारीको बैठक यसअघि (हिजो) बिहीबार भनिएपनि नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो ।
आजको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।












