६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास



अ+ अ-

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहनुभएका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्ति जारी गरी नेपाली जनताको सुख, शान्ति र समृृद्धिको सपना पूरा गर्न वर्तमान सरकार सफल हुने कामना गर्नुभएको हो । 

नेपाली कांग्रेसका सभापति र फाउन्डेसनको संरक्षकसमेत रहनुभएका देउवा मुलुकको प्रधानमन्त्री बन्नुभएकामा शुभकामनासहित उहाँको सफल कार्यकालको कामना पनि गरिएको छ । देउवा मङ्गलबार पाँचौँपटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।

सोमबार सर्वोच्च अदालतले कांग्रेस संसदीय दलको नेतासमेत रहनुभएका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।