६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्छ : राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको प्रगतिशील रुपान्तरण र समुन्नतिका लागि स्रष्टाहरुले राष्ट्रिय भावनाको प्रवद्र्धनमा अद्धितीय योगदान गरेको उल्लेख गर्दै असल स्रष्टाहरुको सम्मानले राष्ट्रको शिर उँचो हुने विचार व्यक्त गर्नुभयो । 

उहाँले बहुभाषिक र बहुसांस्कृतिक इन्द्रेणीयुक्त नेपालमा राष्ट्रिय भावनालाई अभिव्यक्त गर्ने निधिका रुपमा रहेका प्रतिभाको सम्मान गरिनु उच्च चेतना, कला, साधना र अथक योगदानको सम्मान हुने भएकाले प्रज्ञा प्रतिष्ठानले यस परम्परालाई निरन्तरता दिएकोमा आभार व्यक्त गर्नुभयो ।
    
राष्ट्रपति भण्डारीले आदिकवि भानुभक्त आचार्यको दुई सय आठौँ जन्मजयन्तीका सन्दर्भमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रिय महत्वपूर्ण कृतिहरुमार्फत नेपाली भाषा र साहित्यको विकास तथा राष्ट्रिय भावनाको विकासमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो । 

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको अन्तर्राष्ट्रिय छवि विस्तारसँगै प्रतिष्ठानले नेपाली भाषा, साहित्य र अनुवादका क्षेत्रमा योगदान दिने अन्तर्राष्ट्रिय व्यक्तित्वलाई पनि सम्मान गर्न थालेको जानकारी दिनुभयो । 
 
कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतिष्ठानद्वारा स्थापित प्रज्ञालङ्कार पुरस्कारबाट विभिन्न स्वदेशी र विदेशी स्रष्टालाई सम्मानित गरिएको थियो । समारोहमा राष्ट्रिय कविता महोत्सव–२०७७ र २०७८ का विजयी कविहरुलाई पनि पुरस्कृत गरिएको थियो ।