काठमाडौं । आज निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष तथा केपी शर्मा ओलीले सरकारी निवास छाड्दै छन् । बालुवाटारस्थित सरकारी निवास छाड्दै आज बिहान उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् ।
ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताईएको छ । बिहान ११ बजे बालुवाटारमा भेला भएर नारा जुलुससहित ओली बालकोटतिर लाग्नेछन् । बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि ओलीलाई ५०० वटा गडि र २००० वटा मोटरसाइकलको स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म पुर्याउने छ ।
उक्त कार्यक्रममा सहभागिताको लागि एमाले नेता महेश बस्नेतले सबैलाई हार्दिक आमन्त्रण समेत गरेका हुन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश जारी गरेपछि ओलीको सरकारबाट बहिर्गमन भएको हो ।












