२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानका अध्यक्ष चन्दले भने– सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु नै गल्ति भयो



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्टसलाई विश्वास गरेर आफूहरूबाट त्रुटि भएको स्वीकारेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्दले क्यानले सेभेन थ्री स्टारलाई विश्वास गर्नु नै गलत भएको बताएका हुन् ।

चन्दले प्रतियोगिताका नेपाली खेलाडीहरुले ८० प्रतिशत पैसा पाईसकेको र अरु पनि पाउने क्रममा रहेको दाबी गरे । उनले नेपाली क्रिकेटमा ग्रहण लागेको र त्यसलाई सुधार्न सबैको सहयोग आवश्यक रहेको बताए ।

चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारीको संलग्न भए त्यसमा आफुहरु कारबाही भोग्न तयार रहेको बताए ।

चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता अनुसार काम नगरेर बीचमा धोका दिएको समेत बताए । क्यानले प्रतियोगिताका लागि ब्यवसायीक र रणनीतिक साझेदारको रुपमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलवार मात्रै नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको बताएको थियो । फिक्सिङमा चार सहभागि टोलीको व्यवस्थापक र खेलाडिहरुसहित १० जनाको संलग्नता रहेका छन् । जसअन्तर्गत, पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर सीआईबीलेअनुसन्धान गरिरहेको छ ।

 




भर्खरै