काठमाडौं । आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज बोलाईएको स्थायी कमिटी बैठक दिउँसो एक बजे बस्ने भनिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले आजको स्थायी कमिटी बैठक स्थगन भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उहाँले अपराह्न २ बजे सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।












