काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्। बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने बताईएको छ ।
केन्द्रीय कमिटी बैठक भने स्थायी कमिटी बैठक बसेपछि कहिले बस्ने भन्नेबारे तय हुने बताईएको छ ।
आजको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि जान सक्ने सम्भावना बढेको छ। नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए। एमालेमा एकता अगाडि बढेको नेपालको भनाइ थियो।












