काठमाडौं । नेपाली काँग्रेसका नेता लोकेश ढकालले प्रतिनिधिसभाको पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसला पछि सबै माननीय सदस्यको हैसियत दीपक मनाङे जस्तै भएको हो ? भनेर प्रश्न गर्नुभएको छ ।
सामाजिक संञ्जालमा नेता ढकालले लेख्नु भएको छ– अदालतको फैसलाबाट कसैको जित र हारको कुरा गर्नु उचित छैन । तथापि, अदालतको फैसलाले एउटा जवरजस्त प्रश्न त खडा भएको छ १ के हामीले कल्पना गरेको वहुदलीय व्यवस्था पार्टीबाट जितेर निर्दलीय हैसियत हुने व्यवस्था हो ?
आजको फैसलाले त सवै माननीय सदस्यको हैसियत दीपक मानाङ्गे जस्तै भएको हो ?












