६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री निवास बालुवाटार पुगे भीम रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुन उनी बालुवाटार पुगेका हुन् । 

यता वरिष्ठ नेता माधव कुमार नेपालले आफू ओलीले बोलाएको बैठकमा सहभागी नहुने यसअघि नै जानकारी दिएका थिए ।

नेता नेपालको कोटेश्वरस्थित निवास विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला रावल बालुवाटार पुगेका हुन्। 

बालुवाटारमा स्थायी कमिटी बैठकको तयारी भइरहेको छ। एमाले विवाद समाधान कार्यदलमा रहेका नेपालनिकट अर्का नेता सुरेन्द्र पाण्डेले पनि आफू बालुवाटार बैठकमा जाने जनाएका छन् ।