६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार कांग्रेसको पदाधिकारी बैठक बस्ने



अ+ अ-

काठमाडौं । मंगलबार नेपाली कांग्रेस पदाधिकारी बैठक बस्ने भएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो सानेपामा बैठक डाकेका हुन् । 

बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने बताइएको छ । 

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६-१९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।