६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं आइपुग्यो अमेरिकाले दिएको १५ लाख कोरोनाविरुद्धको खोप



अ+ अ-

काठमाडौं । अमेरिकाको जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको हो ।

केहीबेर अगाडि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले बताए । उक्त खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेकोछ ।