६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई कोभिड १९ विरुद्धको खोप लगाईसक्ने गरि सरकारले प्रयास अघि बढाएको बताउनुभएको छ । कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतबार समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि सरकारले पहलकदमी अघि बढाएको बताउनुभएको हो । 

उहाँले जनताको जीवन रक्षा पहिलो कर्तव्य भन्ने भावनाका साथ सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो । वर्तमान सरकारले जनताको जीवनलाई सर्वाधिक महत्व दिएको र जनताको जीवन नै राष्ट्रको सबै भन्दा ठूलो प्राथमिक महत्वको विषय हो भन्ने भावनाका साथ कोभिड १९ विरुद्धको लडाई अघि बढाएको पनि उहाँले दाबी गर्नुभयो । उहाँले लगभग यस बर्षको अन्त्य सम्ममा मोटामोटी रुपमा भ्याक्सिन लगाइसक्ने गरी सरकारले प्रयास गरिरहेको बताउनुभयो । प्रधानामन्त्री ओलीले भ्याक्सिनको अभावबाट कोही पनि तड्पिन पर्ने स्थिति आउन नदिने बताउनुभयो ।

उहाँल भन्नुभयो “जनताको जीवन नै राष्ट्रको सबै भन्दा ठूलो प्राथमिक महत्वको विषय हो ।  जनताको जीवन रक्षा पहिलो कुरा हो । हामीले जनताको जीवन रक्षा पहिलो कुरा भनेर अगाडि बढायौ । अब पनि त्यही भावनाका साथ , यो तेश्रो लहर चल्छ । चौथो लहर चल्छ भन्ने कुरा छ । भ्याक्सिन हामीले उपलब्ध गराएका छौ । भ्याक्सिन आईराखेको छ । हिजो कि अस्तिको दिनमा पनि भ्याक्सिन आयो, भोली पनि आउँछ । त्यसपछि पनि भ्याक्सिन आउँछन् र निरन्तर खोप उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नया नया सम्झैताका लागि प्रयास गरिराखेका छौ । संवादहरु गरिराखेका छौ । प्रयासहरु गरिरहेका छौ । सामाजिक दुरी कायम गर्ने मास्क लगाउने कुरामा हामीले ध्यान दिनुपर्छ । लापरवाही बढाउने होइन थप सजगता अपनाउने हो । थप उपचारका सुविधालाई हामीले सदुपयोग गर्ने हो र नेपाली जनताको जीवनरक्षा गर्ने हो । त्यसमा  हामी सफल हुन्छौ नै । लगभग यस बर्षको अन्त्य सम्ममा मोटामोटी रुपमा भ्याक्सिन लगाइसक्ने गरी, २०२१ भित्रमा लगाईसक्नेगरी प्रयास गरिरहेका छौ । हाम्रो क्षमताले कति भ्याउँछ । त्यो भन्दा अलिकति पर पनि जान सक्छ तर भ्याक्सिनको अभावबाट हामी तड्पिन पर्ने स्थिति आउँदैन । ”

उहाँले सबैलाई खोप लगाएर सुरक्षित राख्ने प्रयासमा सरकार लागेको भएपनि विश्वभर कोभिड अन्त्य नभएसम्म सबैले सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले युनिफाइड केन्द्रीय अस्पतालमा नया सफलता हासिल गरेको भन्दै पुर्ण क्षमतामा अबिलम्ब सञ्चालन गर्न निर्देशन दिनुभयो । अस्पतालका लागि आवश्यक दरबन्दी पनि वृद्धि गरिएको र आवश्यकता अनुसार अत्यावश्यक सामान लगायत मानविय जनशक्तिको व्यवस्था सरकारले गर्ने प्रतिवद्धता जनाउदै उहाँले विरामीलाई गुनासो रहित सेवा प्रदान गर्न पनि सचेत गराउनुभयो ।

प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा प्राविधिक सामान खरिद नगर्न सचेत गराउनुभयो । उहाँले भन्नुभयो “इक्वीपमेण्ट चाहिए पनि नचाहिए पनि किन्ने । नचाहिएका इक्वीपमेण्ट नखोलिकन राख्ने अनि राष्ट्रको क्षति पुराउने जस्ता खालका कामहरु नहुन् । किन्न आवश्यक पर्दा किन्ने हो । किन्न रुची राख्न हुदैन सामान । किनेर सामानहरु निस्कृय बनाएर राख्ने ,तीनको प्रयोग नगर्ने र प्रयोजन विहिन बनाएर राख्ने र राष्ट्रलाई ठूलो घाटा । त्यो खालका कुराहरु हुनुहुदैन । हामीले हरेक चीजको सदुपयोग हुनुपर्छ । सक्रिय सदुपयोग हुनुपर्छ । ”

सडकमा फालिएका प्लाष्टिक टिपेर रिसाईकल गरि पुन प्रयोगमा ल्याउने गरेको प्रसंग उल्लेख गर्दै अनावश्यक सामान खरिद गरेर प्रयोगविहिन बनाई राष्ट्रलाई घाटा हुने काम नगर्न पनि सचेत  गराउनुभयो ।