२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महाधिवेशन : समूहगत व्यवस्थापनमा सकस



अ+ अ-

काठमाडौं । नेपाली  काँग्रेसको  आसन्न  केन्द्रीय  महाधिवेशनमा  सभापतिका  आकाङ्क्षी  बढेपछि  त्यसलाई  व्यवस्थापन  गर्न  पार्टीभित्रका  समूहलाई  सकस  पर्दै  गएको  छ  ।  पार्टी  सभापति  शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता  रामचन्द्र  पौडेल  समूहलाई  १४ औँ  महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा  एक  जना  उम्मेदवार  बनाउन  चुनौती चुलिँदै गएको छ । 

विगतमा  आफ्नो  समूहभित्र  एकल  नेतृत्व गर्दै आउनुभएका सभापति देउवालाई यसपटक  उपसभापति  विमलेन्द्र  निधिले  संस्थापन  समूहभित्रै  चुनौती  दिँदै  देउवालाई  नछाड्ने घोषणा गरिसकेका छन् ।

अघिल्लो महाधिवेशनमा  देउवा  आफ्नो  समूहका  सर्वसम्मत  उम्मेदवार  हुँदा  पहिलो  चरणमा  विजय हासिल गर्न नसकी निकटतम प्रतिद्वन्द्वी पौडेललाई दोस्रो चरणमा पराजित गरेका थिए  । पहिलो चरणमा बहुमत ल्याउन नसके पहिलो  र  दोस्रो  स्पर्धीबीच  अर्को  चरणको  निर्वाचन हुने विधान काँग्रेसमा रहेको छ । पहिलो  स्पर्धामा  तेस्रो  हुनुभएका  कृष्णप्रसाद  सिटौलाले  दोस्रो  चरणमा  देउवालाई  समर्थन  गरेका थिए ।

अघिल्लो महाधिवेशनमा तत्कालीन संस्थापन पक्षको  नेतृत्व  गर्नुभएका  वरिष्ठ  नेता  पौडेललाई यसपटक सबैभन्दा चुनौती हुने देखिएको  छ  ।  यसअघि  पौडेललाई  नेता मानेका नेता डा. शशाङ्क कोइराला, प्रकाशमान  सिंहले  यसपटक  पौडेल  नभई  आफूहरू नै उम्मेदवार बन्न लगातार बैठक गर्न थालेका छन् ।

त्यसबाहेक  शेखर  कोइराला,  सुजाता  कोइराला,  रामशरण  महत,  अर्जुननरसिंह  केसीलगायतका नेताले पनि सभापति बन्न आफ्नो  समूहभित्र  ुलबिङ’  सुरु  गरेपछि  समूहभित्रकै व्यवस्थापन फलामको चिउरा भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।