६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको दल दर्ता खारेजी सम्बन्धी बुझ्न पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौं । एमालेका पूर्वमाओवादी नेताहरू माओवादी केन्द्रको दल दर्ता खारेजी सम्बन्धी निवेदनमा भइरहेको प्रगतिबारे बुझ्न निर्वाचन आयोग पुगेका छन् ।आयोगमा भइरहेको निवेदनमाथिको कारवाही बुझ्न बगएको उनीहरुले बताएका छन् ।

उनीहरूले माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए । बिहान ११ बजे टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत नेताहरू निर्वाचन आयोग पुगेका हुन् । 

एमालेमा प्रवेश गरेसँगै उनीहरूको सांसद पद खारेज भएको थियो । यता लेखराज भट्ट भने अस्वस्थ भएका कारण नगएको बताइएको छ ।