१ असार २०८३, सोमबार
,
Latest
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र कार्यविभाजन: संगठन विभाग प्रमुखमा जनार्दन, केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान



file
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी कार्यविभाजन गरेको छ । पुरानै कार्यविभाजनलाई निरन्तरता दिएको माओवादी केन्द्रले संगठन विभाग प्रमुखमा जनार्दन शर्मा र अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनलाई कायमै राखेको छ । शर्मा र पुन दुवै उपमहासचिव हुन् ।

पार्टी वरियतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल रहनुभएको छ । महासचिवमा देवप्रसाद गुरुङ र उपमहासचिवहरुमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृकाप्रसाद यादव रहनुभएको छ ।

पार्टीको विसं २०७८ पुस दोस्रो साता काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कार्यविभाजनको निर्णय गरेको थिएन । यही माग १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानै कार्यविभाजन कायम गरेको हो ।