२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरिया जाने श्रमिकको कोभिड बीमाका लागि आह्वान



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगार विभाग मातहतमा  रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पाँच हजार डलरको कोभिड–१९ को बीमा गर्न इच्छुक बीमा कम्पनीलाई दर्ता हुन आग्रह गरेको छ ।

शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम बराबरको कोभिड–१९ को बीमा गर्ने कम्पनीलाई आह्वान गरेको हो । ईपीएस  सञ्चालन  तथा  व्यवस्थापन निर्देशिका २०७३  को दफा २० बमोजिम  दक्षिण  कोरिया जाने श्रमिकको कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि सो रकमको बीमा गराउनुपर्ने तोकिएको छ ।

साथै शाखा कार्यालयले उक्त तोकेबमोजिमको बीमा प्रिमियमबापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा  प्रदान  गर्न  इच्छुक  बीमा  कम्पनीहरूले  साउन  ७ भित्र  कोरिया  शाखामा  सूचीकृत  संस्था  दर्ताका  लागि आधिकारिक  कागजातको  प्रतिलिपिसहित  निवेदन  दिन आग्रह गरेको छ ।

ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले कोरिया सरकारले गत वर्षबाट  श्रमिकको अनिवार्य कोभिड–१९ को बीमा गर्नुपर्ने व्यवस्था गरेकाले नेपालले आन्तरिक रूपमा सो रकम बराबरको बीमा गर्ने कम्पनीलाई सूचीकृत हुन सूचना जारी गरिएको जानकारी दिए । त्यस्तै  बीमा कम्पनीलाई पाँच हजार  डलरको प्रिमियम तोकेको अवस्थामा लाग्ने बीमा शुल्क श्रमिकले नै तिर्नुपर्ने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।