९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ५८ विद्यालय छनौट



अ+ अ-

काभ्रेपलाञ्चोक । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रे ५८ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अध्यक्षतामा यसै साताको बैठकले उक्त कार्यक्रममा देशभरका चार हजार १५७ मध्ये जिल्लाको ५८ विद्यालय छनोटमा परेको हुन् । 

छनोट गरिएकामा पनि १३ स्थानीय तहमध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा नौ विद्यालय परेका छन् । यस्तै शिक्षा मन्त्रालयका अनुसार अन्य स्थानीय तहमा बनेपा नपामा आठ, धुलिखेल नपामा पाँच, पनौती नपामा पाँच, नमोबुद्ध नपामा तीन, पाँचखाल नपामा तीन तथा बेथानचोक गाउँपालिकामा चार, भुम्लुमा दुई, खानीखोलामा तीन, रोशीमा तीन, चौँरीदेउरालीमा पाँच र तेमालमा सात विद्यालय छनोटमा परेका हुन् । काभ्रेपलाञ्चोकमा ५०० भन्दाबढी विद्यालय छन् । 

छनोटमा परेका विद्यालयमा एक कम्प्युटर ल्याब, एक बाली विज्ञान, एक कम्प्युटर विज्ञानलगायत आइसिटी ल्याब व्यवस्थापन गरिने जनाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार यस कार्यक्रमअन्र्तत वाग्मती प्रदेशका १४ जिल्लामा भने विद्यालय भवन निर्माणका लागि हाल बजेट विनियोजन गरिएको छैन । 

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु सात अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । मन्त्रालयका अनुसार कार्यक्रमका लागि देशरभरका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले भवन निर्माण, आइसिटी ल्याब, तथा प्राविधिक विद्यालय व्यवस्थापन र घेराबार गरी खेलमैदान निर्माणका लागि प्रस्ताव पठाएका थिए । रासस