२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल ल्याउन नसक्ने कम्पनी कालोसूचीमा



अ+ अ-

काठमाडौँ । सरकारले समयमै रासायनिक मल ल्याउन नसक्ने शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशन गरेर दुवै कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न लेखी पठाएपछि कार्यालयले दुईदुई वर्षका लागि कालोसुचीमा राखेको हो । सस्तोमा ठेक्का पारेका यी कम्पनीले मल आयात नै गरेनन् । मल आयात नहुँदा रोपाइँको मुखमै मलको चरम अभाव भएको थियो । त्यसपछि कृषि सामग्रीले ठेक्का रद्द गरी धरौटीसमेत जफत गरेको थियो ।

शैलुङले चीन, रसिया, साउदीलगायत मुलुकबाट आयात गर्ने सहमति गरेको थियो । ३० हजार टन युरियाबाहेक शैलुङले तेस्रो ठेक्काअन्तर्गत २५ हजार टन मल आयात गर्ने सम्झैता गरेको थियो । शैलुङ कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन्  । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् ।

मुक्तिनाथ कृषि कम्पनीले पनि ३२ हजार टन युरिया र २० हजार टन डीएपी मल आयात गर्ने ठेक्का सम्झैता गरेको थियो । नेपाली कम्पनीहरूको व्यवस्थापन पक्ष कमजोर हुँदा आयातमा ढिलाइ भइरहेको कृषि कम्पनीको दाबी छ । कान्तिपुर दैनिक