२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जो मलाई बचाऊ भन्दै थिइन् !



अ+ अ-

काठमाडौं । राप्ती नगरपालिका–३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन्। रुँदा–रुँदा आँखा राता भएका छन्। छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन्। शरीर कमजोर भएर टाउकोमा फेटा बाँधेकी छिन्। आफूलाई सम्हाल्नै सकेकी छैनन्। आफन्त र छिमेकी आउँछन्, सान्त्वना दिन्छन्। उनीहरू आँखाभरि आँसु बनाउँछन्।

अम्बिकाले हराएकी छोरीको पिरलो भए पनि फेला पर्लिन् भनेर चित्त बुझाउँदै बसेकी थिइन्। तर, २३ वर्षीया छोरी सुजिता आइतबार मृत फेला परेको खबर पाएपछि उनी आफूलाई सम्हाल्नै नसक्ने अवस्थामा पुगेकी छन्। छोरी सम्झिँदै छाती पिट्दै रुन्छिन्। ‘मलाई बचाऊ ! मलाई बचाऊ ! भनेर छोरीले रुँदै फोन गरेकी थिई। हामीले बचाउन सकेनौं’, उनले रुँदै भनिन्, ‘अपराधीले त्यस्तो कुनामा लगेर तड्पाई–तड्पाई मार्यो।’

ब्रह्मस्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका एक स्थानीयले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ। 

‘टाउकोमा कुटेर आँखामा पट्टी बाँधेछ। पछि कहाँ गएर आँखा खुल्यो ? कसरी फोन गर्न भ्याई ?’, अम्बिकाले घटनाको विवरण सुनाइन्, ‘कसरी हुन्छ अपराधी पत्ता लगाइदिनुस्। मेरी छोरी फर्केर त आउदिन तर अपराधीलाई कारबाही हुनै पर्छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।