२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको एकता प्रक्रिया पुनः धरापमा, नेपाल टसमस नभएपछि ओली रुष्ट



अ+ अ-

काठमाडौं । एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा देखिएको छ। यद्यपि, वरिष्ठ नेता नेपालनिकट उपाध्यक्ष भीम रावलले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन्। नेपालले आइतबार बिहान ओलीसँग भेट गर्न अस्वीकार गरेका थिए। 

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ निवर्तमान सांसदले गरेको हस्ताक्षरबाहेक अन्य विषयमा सहमति भइसकेको दुवै तर्फका मध्यमार्गी नेताले बताइरहेका छन्। हस्ताक्षर फिर्ता हुने वा नहुने भन्ने विषयमा बीच बाटो अख्तियार गर्ने विषयमा छलफल केन्द्रित भएको ती नेता बताउँछन्।

तर, इगोका कारण अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद गराउन ठूलै कसरत गर्नुपर्यो। उनीहरू अध्यक्ष ओलीलाई २०७५ जेठ २ मा फर्काउन सफल भए। उनीहरूकै प्रयासमा दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भयो। वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनालसहित ११ जनालाई गरिएको निष्कासनको कारबाही निष्प्रभावी भयो। 

अध्यक्ष ओली लचिलो बने। वरिष्ठ नेपालले भने ओलीसँग भेट गर्न अस्वीकार गरिरहेका छन्। नेपालले बिहीबार राति अध्यक्ष ओलीले गरेको फोन अरू नेताको मन राखिदिन उठाएको बताउँदै आएका छन्। फोन वार्ता सौहार्दपूर्ण नभएको ओलीले बताइसकेका छन्। यी दुई शीर्ष नेताबीच शनिबार उपमहासचिव घनश्याम भुसालको फोनमा कुराकानी भयो। आफू त्यति लचिलो हुँदा पनि हस्ताक्षर फिर्ताको विषयमा नेपाल टसमस नभएपछि ओली रुष्ट भएका छन्। 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।