२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फकाउँदै ओली



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने प्रयास गरिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेलाई फुट्नबाट जोगाउन वरिष्ठ नेता नेपाललाई फकाउने कसरत जारी राखेको उनीनिकट नेताहरूले बताएका छन् ।

तर, नेपाल भने विपक्षी गठबन्धन छोडेर ओलीसँग मिल्न आनाकानी गरिरहेको ओलीनिकट नेताको विश्लेषण छ । प्रधानमन्त्री ओलीनिकट रहेका उपहासचिव एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटीका सदस्य शंकर पोखरेल, स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङसहितका नेताहरूले वरिष्ठ नेता नेपाललाई आइतबार उनकै निवास कोटेश्वरमा भेट गरी अध्यक्ष ओली मिल्न तयार भएकाले वरिष्ठ नेता नेपाल पनि मिल्नुपर्नेमा जोड दिएका थिए ।

पार्टीमा देखिएको विवाद समाधानका लागि ओली समूहबाट वार्तामा सक्रिय यी तिनै जना नेताहरूले ओलीसँग छलफल र संवाद गरी एकताको ढोका खोल्न आग्रह गरेका थिए तर नेपाल टसमस नभएपछि उनीहरू केही निराश र खिन्न भएर फर्किएका थिए ।

नेपाल समूहबाट वार्तामा सक्रिय उपमहासचिव घनश्याम भुसालसमेत सहभागी सो भेटघाटमा ओलीनिकट नेताले पार्टी एकताका लागि संयुक्त विज्ञप्ति जारी गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । पार्टी एकताबद्ध रहेको सन्देश दिने गरी संयुक्त विज्ञप्ति जारी गर्नुपर्ने ओली समूहका नेताले सुझाव दिएपछि नेपालले कार्यदलबाट वक्तव्यको ड्राफ्ट ल्याउन सुझाएका छन् ।

पहिले नै गठन भएको कार्यदलबाट वक्तव्यको ड्राफ्ट ल्याउन नेपालले भनेपछि ओली समूहका नेताहरूले त्यो त भंग भइसकेको भन्दै यसबारेमा अध्यक्षसँग सल्लाह गर्ने बताएका थिए । छलफलमा सहभागी एक नेताका अनुसार पार्टीलाई एकताबद्ध बनाउन नेपाल सकारात्मक रहे पनि आशंका भने यथावत् रहेको छ ।

ओलीको कार्यशैलीप्रति असन्तुष्टि पोखेका नेपाललाई नेताहरूले पार्टी अध्यक्षसँग नै भेटेर निष्कर्ष निकाल्नुपर्नेमा जोड दिएका थिए । सबै समस्याको समाधान छलफल नै भएको बताउँदै ती नेताले पार्टी नेता कार्यकताको भावनाअनुसार अघि बढ्नुको विकल्प नभएको बताएका थिए । यो समाचार राजधानी दैनिकमा छ ।