२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर युनाइटेडलाई कारावाओ कपको उपाधि



LONDON, ENGLAND – FEBRUARY 26: Bruno Fernandes and Harry Maguire of Manchester United lift the Carabao Cup trophy following victory in the Carabao Cup Final match between Manchester United and Newcastle United at Wembley Stadium on February 26, 2023 in London, England. (Photo by Julian Finney/Getty Images)
अ+ अ-

लण्डन । इएफएल (कारावाओ) कप फुटबलको उपाधि म्यानचेस्टर युनाईटेडले जितेको छ ।

वेम्बलीमा आइतबार राति भएको फाइनल खेलमा न्युकासल युनाईटेडलाई २–० गोल अन्तरले हराउँदै युनाईटेड च्याम्पियन बनेको हो ।

खेलको ३३ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । लुक शले प्रहार गरेको फ्रिकिकबाट आएको बललाई कासिमिरोले हेडरमार्फत गोल गरे ।

त्यसपछि खेलको ३९ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । उनले पोस्टभित्र प्रहार गरेको बल न्युक्यासलका सेभेन बोटम्यानलाई हल्का लागेर गोलमा परिणत भएको थियो । यस्तै, दोस्रो हाफमा दुबै टिमबाट गोलको प्रयास भएपनि गोल हुन नसक्दा युनाइटेडको पक्षमा खेल गयो ।

यससँगै युनाईटेडले ६ वर्षपछि पहिलो उपाधि जितेको छ । एरिक टेन हागको नेतृत्वमा युनाईटेडले २०१७ पछि पहिलो उपाधि जितेको हो । समग्रमा युनाईटेडले छैटौं पटक कारवाओ कपको उपाधि जित्न सफल रह्यो ।