२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–टू: करणले लिए नेपालको लागि पहिलो विकेट



file
अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भईरहेको खेलमा नेपालका तिब्र बलर करण केसीले नेपालको लागि पहिलो विकेट लिएका हुन् । करणले यूएईका ओपनर मूहम्मद वसिमलाई आउट गराए ।

आजको खेलमा तीब्र गतिका बलर प्रतिश जिसीको स्थानमा स्पिनर सन्दीप लामिछानेलाई राखिएको छ ।

लिग २ मा यसअघि लगातार पाँच जित निकालेको नेपाल आजको खेलमा यूएईलाई पराजित गर्दै आफ्नो जितलाई निर्न्तरता दिन चाहान्छ । यस सिरिजको पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो ।

नेपाल २९ खेलमा १३ जित र १४ हारसहित २८ अंक गरी अंकतालिकाको छैटौं स्थानमा छ । यता, युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने,