२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्योलमा एसिया कप: पाकिस्तानले आयोजना गरे भारतले अन्यत्र खेल्ने



अ+ अ-

काठमाडौँ । एकदिवसीय एसिया कप पाकिस्तानमा हुने उच्च सम्भावना रहेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आयोजनाको जिम्मा पाकिस्तानलाई दिएकोमा भारतले पाकिस्तानी भुमिमा कप नखेल्ने निर्णय गरेको थियो । भारत पाकिस्तान नजाने भएपछि एसिया कप स्थगित हुने चर्चा चल्दै आएको थियो । तर एसीसी अडानसँगै कप सेप्टेम्बर पहिलो सातामा पाकिस्तानमै हुने उच्च सम्भावना रहेको छ।

एसिसीले भारतले खेल्ने बाहेकका खेलहरु पाकिस्तानमा गर्ने तयारी गरेको छ । भारतको खेल भने तटस्थ भूमिमा हुने बताईएको छ । तटस्थ भूमिको रुपमा युएई, ओमान, श्रीलंका र इंग्ल्यान्ड मध्य एक देशको सम्भावना छ ।

गत वर्ष अक्टोबरमा बिसिसिआईका सचिव जय शायले भारत पाकिस्तान भ्रमण नगर्ने बताएका थिए । त्यसपछि बिसिसिआई र पाकिस्तान क्रिकेट बोर्डबीच एसिया कपलाई लिएर विवाद उत्पन्न भएको थियो । पाकिस्तानले पनि भारतले आफ्नो भुमिमा नखेले भारतमा आयोजना हुने २०२३ को विश्वकप नखेल्ने अडान लिएको छ ।

एसिया कपको समूह ए मा भारत, पाकिस्तान र एसिसी प्रिमियर कप विजेता टोली हुनेछन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह चरण हुँदै सुपर खेलबाट फाइनल निर्धारण हुनेछ ।

नेपालले पनि अर्को महिना घरेलु मैदानमा हुने एसिसी प्रिमियर कप जितेमा एसिया कप खेल्नेछ । एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म हुनेछ । सेमिफाइनल हुँदै फाइनलमा उपाधि जित्न सके नेपालले इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।