२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनियरिङ लाइसेन्स परीक्षामा ७२ प्रतिशत फेल(भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले लिएको इन्जिनियरहरुको लाइसेन्स परीक्षामा ७१.५ प्रतिशत अनुत्तीर्ण भएका छन् ।

परिषदले पहिलो पटक यही चैत १२ र १३ गते लिएको यस परीक्षामा दुई हजार ६ जनाले फर्म भरे पनि १ हजार ९८१ जनाले परीक्षा दिएका थिए जसमा ५६५ जना मात्र उत्तीर्ण भएका छन् अर्थात् २८.५ प्रतिशत उत्तीर्ण भएको परिषदले जनाएको छ । परीक्षामा १ हजार ४१६ जना अर्थात् ७१.५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

परिषदले अबदेखि वर्षमा दुई पटक लाइसेन्स परीक्षा लिने तयारी गरेको छ । परीक्षार्थीले ५० प्रतिशत अंक नल्याए अनुत्तीर्ण हुने प्रावधान छ ।

परिषदले इन्जिनियरिङ विषयका सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर, आर्किटेक्चर, हाइड्रोपावर, सफ्टवेयर, बायोमेडिकल, माइनिङ, मेकानिकल, जियोमेटिक्स, इन्भाइरोमेन्टल, एरोनटिकल, एरोस्पेस, एग्रीकल्चर, एग्रीइरिगेसन, अटोमोबाइल समेतका २६ विधाको परीक्षा लिएको थियो ।