३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी कार्यालयमा प्रवेश गरेजसरी संसदको नियम उल्लंघन गर्ने कुरा किमार्थ स्वीकार्य छैनः सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले सत्ता पक्षका सांसदहरुबाट पटक–पटक संसदीय मर्यादाको नियमको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाउनु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा नियमापत्ति जनाउँदै उहाँले भन्नुभयो – ‘यो विषय मैले पटक–पटक उठाउनुपर्यो । आज पनि मैले यही विषयमा सभामुखको ध्यानाकर्षण गराउनुपर्यो । सांसदहरुले बैठकमा आफ्नो विचार राख्दै गर्दा प्रतिनिधिसभाको नियमावली २०७५ को नियम २० को ६ बमोजिम मैले यसमा नियमापत्ति गरेँ । सभामुखको आसन र बोल्ने माननीय ज्यूको बीचबाट आज पनि सांसदहरु पार्टी कार्यालयमा प्रवेश गरे जसरी हात मिलाउँदै हिँड्नुभयो । सत्तापक्षका सांसदहरुबाट पटक–पटक संसदीय मर्यादाको नियमको उल्लंघन गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । यसमा म ध्यानाकर्षण गराउन चाहन्छु ।’

यसअघि आइतबारको संसद बैठकमा उहाँले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भिर विषय भएको भन्दै नियमापत्ति जनाउनुभएको थियो ।

त्यसलगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराउनु भएको थियो । सोही विषयमा सभामुखसँग समय माग गरेर कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उलंघन गरेको स्विकार गर्दै माफी माग्नु भएको थियो ।




भर्खरै