२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले मेलम्ची खानेपानी आयोजनामा कति क्षति गर्यो यकिन गर्न मुश्किल



फाईल फोटो
अ+ अ-

काठमाडौं । गत साता बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको क्षति अभैm यकिन गर्न सकिएको छैन । आयोजनामा बाढीले पु¥याएको क्षतिको निरीक्षण गर्न गएको प्राविधिक टोली हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको हेडवक्र्स पुग्न नसकेपछि क्षतिको यकिन गर्न नसकिएको हो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर माधव नेपालको संयोजकत्वमा ६ जनाको टोली अम्बाथानतर्फ गएको थियो । उक्त टोली हेडवक्र्स पुग्न नसकी किउलबाटै फर्किएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

‘के कति क्षति भएको छ भनेर यकिन गर्न हामीले प्राविधिक टोली पठाएका थियौं । उहाँहरू त्यहाँसम्म पुग्नै सक्नु भएन,’ पन्तले भने, ‘क्षति यकिन गर्न पाए निर्माण योजना बनाउन सजिलो हुने थियो ।’ उनका अनुसार टोली मेलम्ची हुँदै चनौटेको रातोपुलसम्म गाडीमा गएको थियो । त्यहाँबाट करीब ६ किलोमीटरमा रहेको किउलसम्म पैदल पुगेको थियो ।

किउलबाट अम्बाथानस्थित मेलम्ची खानेपानीको हेडवक्र्स करीब ५ किमीमा पर्छ । निरन्तर बाढी आइरहेको र पानी परिरहेका कारण टोली हेडवक्र्स पुग्न नसकेको हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।