२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोसीमा आएको बाढीले भोटेकोसी जलविद्युत् आयोजना जोखिममा



अ+ अ-

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना जोखिममा परेको छ ।

चीनको स्वशासित क्षेत्रमा अविरल वर्षापछि भोटेकोसीमा बाढी आएको थियो । बाढीले आयोजना स्थलको बाँध र केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भइसकेको बाँध गत वर्षको बाढीले बगाएपछि पुनः बाँध बनाइएको थियो ।

पुनर्निर्माण भइरहेको बाँधलाई बाढीले बगाउने खतरा रहेको आयोजनाले जनाएको छ । भोटेकोसी बाढीले सो क्षेत्रका दर्जनभन्दा बढी जलविद्युत् आयोजना जोखिममा पारेको छ । बाढीले बर्सेनि आयोजनामा जोखिम बढाउँदै लगेको जलविद्युत् प्रवद्र्धक विष्णुबहादुर खत्रीले जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।