२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ सुरक्षित



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पुर्याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको छ ।

“आयोजनाको संरचनामा क्षति पुगे पनि मुख्य सुरुङ मार्गमा भने क्षति पुगेको छैन”, मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजना स्थलसम्मको सम्पर्क बनाउन तत्काल कम्तीमा १० किलोमिटर सडक निर्माण र चारवटा बेलिब्रिज जडान आवश्यक रहेकाले त्यसतर्फ अध्ययन थालिने जानकारी दिए । मेलम्चीमा असार १ गते आएको बाढीले त्यस क्षेत्रमा व्यापक क्षति पुर्याएको छ ।

मेलम्ची बजारदेखि मुहानसम्मको दूरी १८ किलोमिटर छ । आयोजनाको काम सुचारु गर्न १८ किलोमिटर सडक पूर्ण रूपमा सञ्चालनमा आउनुपर्ने छ । बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवक्र्स, पुल तथा मुहानको संरचनामा क्षति पु¥याएको छ । 

काठमाडौँमा पानी वितरण रोकेर असार १ गतेदेखि सुरुङको परीक्षण कार्य सुरु गरिएका कारण पनि सुरुङ सुरक्षित भएको हो ।
बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्गमध्ये खण्ड–खण्ड गरी करिब १० किलोमिटर सडक र छवटा पुल बगाएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

बाढीले सडक र पुलमा पुर्याएको क्षतिका कारण अहिले मेलम्ची आयोजना स्थलसँग नै सम्पर्क विच्छेद भएको छ । अहिलेसम्म हेलिकप्टरबाट मात्र आयोजना स्थलको निरीक्षण गरिएको पन्तले जानकारी दिनुभयो । लामो समयको प्रतीक्षा र कैयौँ उतारचढावलाई पार गर्दै चैत १० गतेदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी परीक्षणका रूपमा वितरण सुरु गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।