२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन्।

धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले लकडाउन खुलेपछि संक्रमण बढ्न सक्ने सम्भावना औंल्याए। ‘तर यसअघिकै दरमा भने बढ्दैन’, उनले थपे। अहिले पनि केही जिल्लामा संक्रमणदर बढिरहेको र लकडाउनपछि ती ठाउँबाट मानिस सहरतिर प्रवेश गरेमा बढ्न सक्ने डा. कर्माचार्यको विश्लेषण छ।  

दोस्रो लहरमा एकै परिवारका धेरै जनाको मृत्यु भएकाले मानिसहरू थप सचेत बन्दा संक्रमणदर घटेको वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरे बताउँछन्। ‘लकडाउन गरेको तीन सातादेखि संक्रमण घट्दै गएकाले लकडाउन खुलेपछि बढ्ने सम्भावना रहन्छ’, उनले भने। ठूला शहरहरूमा एक साता लकडाउन बढाउनुपर्ने डा। गैरेको सुझाव छ। ‘लकडाउन खुल्नेबित्तिकै हिँडडुल बढ्छ। हिँडडुल बढ्ने बित्तिकै संक्रमण बढ्छ’, उनले भने।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देशका १४ जिल्लामा संक्रमणदर बढ्दो क्रममा रहेको जनाएको छ। मन्त्रालयका अनुसार उदयपुर, तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, दोलखा, नुवाकोट, रसुवा, बाग्लुङ, मुस्ताङ, रोल्पा, जुम्ला, मुगु, रुकुम पश्चिम, बाजुरालगायतका जिल्लामा संक्रमणदर बढ्दो क्रममा छ।  

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल संक्रमण घट्दै जानुमा आवात–जावतमा लगाइएको रोक नै प्रमुख कारण भएको बताउँछन्। संक्रमणदर घट्ने बित्तिकै निषेधाज्ञा खुल्ने हो भने गत वर्षकै जस्तो पुनः ह्वात्तै बढ्न सक्ने उनको भनाइ छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।