२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्यो कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । निषेधाज्ञाअघि कोरोना संक्रमितको अस्पतालमा चाप थामिनसक्नु थियो। अक्सिजन हाहाकार थियो। त्यो क्रम क्रमशः घट्दै निकै ओरालो लागेको छ। समग्र र तराईमा घटे पनि पहाडको स्थिति उस्तै छ। पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा सुदूरपश्चिमका ६ वटामध्ये चार पहाडी छन्। उक्त प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, अछाम र डोटीमा ५ सयभन्दा बढी संक्रमित उपचारार्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा उदयपुर, संखुवासभा, ओखलढुंगा, पाँचथर र खोटाङमा संक्रमितहरू बढेका छन्। मन्त्रालयका अनुसार यी जिल्लामा २ सयभन्दा बढी संक्रमित उपचाररार्थ छन्। घना जनसंख्या रहेका मोरङ, सुनसरी र झापामा भने ५ सयभन्दा बढी छन्। त्यस्तै बागमती प्रदेशका सबैजसो जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। तिनमा मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, काठमाडौं, ललितपुर, भक्तपुर छन्। रसुवामा मात्र २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। 

गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ र बाग्लुङमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। बाग्लुङमा संक्रमण उच्च देखिएको छ। यहाँ पछिल्लो चौबीस घण्टामा २ सय २५ जना नयाँ संक्रमित पुष्टि भएका छन्। लमजुङ, स्याङ्जा, पर्वत र म्याग्दी जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी छ। त्यस्तै म्याग्दीमा ७० जना संक्रमित थपिएका छन्।

लुम्बिनी प्रदेशको हट स्पट मानिएको बाँके जिल्लामा पछिल्लो चौबीस घण्टामा एक जना नयाँ संक्रमित थपिएका छन्। पहाडी जिल्ला गुल्मीमा भने १४ जना नयाँ संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ। यहाँ पाल्पा र रोल्पामा मात्रै ५ सयभन्दा बढी सक्रिय संक्रमितहरू छन्। गुल्मी र अर्घाखाँचीमा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। 

प्रदेश २ मा ५ सयभन्दा बढी सक्रिय  संक्रमित रहेका जिल्ला ६ वटा छन्। तिनमा धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी र सिराहा हुन्। रौतहट र सर्लाहीमा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

कर्णाली प्रदेशका सुर्खेत र दैलेखमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। त्यस्तै सल्यान, रुकुम पश्चिम र जुम्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। पछिल्लो चौबीस घण्टामा रुकुम पश्चिम र जुम्लामा गरी १७ जना संक्रमित थपिएका छन्।

प्रदेश १ का तराईका जिल्लामा भने संक्रमण अधिक देखिन्छ। मोरङ, सुनसरी र झापामा दैनिक संक्रमितको संख्या एक सय नाघेको छ। प्रदेश २ को संक्रमण दर घटेको पाइएको छ। यस प्रदेशमा संक्रमितको संख्या ह्वात्तै घट्दै गएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।