२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट अगाडि क्रिकेट टोली अभ्यासका लागि दक्षिण अफ्रिका जाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । आगामी महिना जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको तयारीको लागि अभ्यास खेल खेल्न नेपाली टोली दक्षिण अफ्रिका भ्रमणमा जाने भएको छ ।नेदरल्याण्ड्स र स्कटल्याण्डसँग अभ्यासको लागि टोली जेठको दोस्रो साता अफ्रिका जान लागेका हुन् ।

नेपाली टोली दक्षिण अफ्रिका जाने तय भईसकेको र त्यहाँका विभिन्न टोलीहरुसँग अभ्यास खेलको कुरा भईरहेको क्यानका एक पदाधिकारीले जानकारी दिए । ‘नेपालमा बर्षादको समय पनि सुरु हुन लाग्यो । अभ्यासका लागि सहज वातावरण नदेखेर क्यानले खेलाडीहरुलाई अभ्यासका लागि विदेश पठाउने तयारी गरेको हो ।’ उनले भने ।

विश्वकप छनोट प्रतियोगिता जिम्बावेमा हुने भएकोले अफ्रिकी कन्डिसनमा तयारी गर्दा केही फाइदा होला भनेर क्यानले दक्षिण अफ्रिका रोजेको उनले बताए ।

विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म जिम्बावेमा आयोजना हुनेछ । सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन र क्वालिफायर प्लेअफबाट शीर्ष दुई गरि कुल १० टोलीले छनोट खेल्नेछन् । सुपर लिगको पुछारमा रहँदै श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र आयरल्याण्ड विश्वकप छनोटमा पुगेका हुन् ।

यस्तै, लिग २ बाट स्कटल्यान्ड शीर्ष, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए । क्वालिफायर प्लेअफबाट अमेरिका र युएईले स्थान पक्का गरेका हुन् ।

विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

१३ राष्ट्र सहभागी सुपर लिगमा शीर्ष आठमा रहँदै भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र दक्षिण अफ्रिका विश्वकपमा पुगेका हुन् ।

क्रिकेट विश्वकप छनोट खेल्ने १० टोली:

वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई




भर्खरै