२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिगः रोमाले लेभरकुसेनलाई हरायो, युभेन्ट्स र सेभियाको बराबरी



अ+ अ-

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब एएस रोमाले जित निकालेको छ । गएराति भएको खेलमा रोमाले जर्मन क्लब लेभरकुसेनलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा रोमालाई जित दिलाउन खेलको ६२ औं मिनेटमा एडोर्डो वोभेले गोल गरे । योसँगै रोमाले लेभरकुसेनविरुद्ध १–० को अग्रता बनाएको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब सेभियाले १–१ गोलको बराबरी खेलेका छन् । सेमिफाइनलकै पहिलो लेग अन्तर्गत युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा २६ औं मिनेटमा पाहुना टोली सेभियाका युसेफ एन नेसीरीले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए । तर, अन्तिम समयमा अर्थात् ९०+७ मिनेटमा फेडेरिको गाट्टीले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।

अब यी टिमहरुले दोस्रो लेगका लागि मे १९ मा प्रतिस्पर्धा गर्नेछन् ।