२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेभरकुसेनसँग बराबरी खेलेको रोमा युरोपा लिगको फाइनलमा



अ+ अ-

एजेन्सी । इटालियल क्लब एएस रोमा युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब लेभरकुसेनसँग गोलरहित बराबरी खेलेपनि रोमा समग्रमा १–० को नतिजासहित उपाधिनजिक पुगेको हो ।

रोमा यसअघि भएको पहिलो लेगमा आफ्नो घरेलु मैदानमा १–० गोलले विजयी बनेको थियो । रोमाले अब उपाधिका लागि स्पेनिस क्लब सेभियासँग प्रतिस्पर्धा गर्नेछ ।

गएराति नै भएको खेलमा सेभियाले युभेन्ट्सलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । फाइनल खेल जुन १ मा हँगेरीको पुस्कास एरिनामा हुनेछ ।