२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीलाई स्पष्ट अंक



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले फ्रेण्ड्स क्लवलाई पराजित गर्दा अर्को खेलमा चर्च ब्वाईजले हिमालयन शेर्पासँग बराबरी खेलेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दा चर्च ब्वाईजले हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको हो । जितसँगै आर्मी लिग तालिकाको पाँचौ स्थानमा पुगेको छ भने फ्रेण्ड्सलाई रेलिगेशन डर कायमै रहेको छ ।

सोमवार आर्मीलाई जित दिलाउनका लागि जगजित श्रेष्ठले २६ औं मिनेटमा शुरुवाती गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । नवयुग श्रेष्ठले ७५औं मिनेटमा गोल गर्दा सुदिल राईले इन्जुरी समयमा गोल थप्दै टोलीलाई स्पष्ट अंक दिलाउन सफल भएका हुन् । यस जितसँगै आर्मीको २० खेलबाट २९ अंक छ भने पराजित फ्रेण्ड्सको समान २० खेलबाट २१ अंक भएको छ ।

लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा शुरुवाती अग्रता लिएको चर्च ब्वाईजले अग्रता कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । प्रतिष्पर्धात्मक बनेको खेलमा चर्च ब्वाईजका लागि अञ्जन बिष्टले १३औं मिनेटमा गोलको खाता खोलेका थिए । तर अग्रता हिमालय शेर्पाले ३६ औं मिनेटमा तोडिदियो । अबायोमी फाकुन्लेले ३६औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बाँकी समयमा दुवै टोलीले थप गोलका लागि प्रयास गरेपनि सफल हुन सकेनन् र उपाधि होडमा रहेको चर्च ब्वाईजलाई धक्का लागेको छ । यससँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

लिगमा मंगलवार तीन खेल हुनेछन् । पहिलो खेलमा थ्री स्टार र नेपाल पुलिस तथा दोस्रो खेल सातदोबाटो युथ क्लव र खुमलटार युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।