२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बयानकै आधारमा कसैलाई समाउन मिल्दैन, प्रहरीले तथ्य खोज्दैछ– गृहमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बयानमात्रै नभई तथ्य प्रमाणको आधारमा अगाडि बढाइरहेको बताउनुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि ध्यानाकर्षण गराउन गृह मन्त्रालय पुगेको नेकपा एमालेनिकट युवा संघको टोलीलाई उहाँले भन्नुभयो, “‘एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरूको पनि खोजी गर्ने प्रक्रियामा प्रहरी छ । कसैले भन्दिएको भरमा प्रहरीलाई बुझाउने पनि मिल्दैन होला । कोही मुछ्‌न थियो या कोही आउनुपर्ने पनि आएनन् भन्ने पनि छ । निष्पक्ष ढंगले प्रहरीले अगाडि बढाइरहेको छ ।”

गृहमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो नतोड्दासम्म समृद्धिको यात्रा तय गर्न नसक्ने भन्दै राजनीतिक परिवर्तनपछि पनि भ्रष्टाचारकै कारणले समृद्धिको दिशामा फड्को मार्न नसकेको बताउनुभयो ।

सो अवसरमा अपुरो र अधुरो अनुसन्धान गरिएको साथै निर्दोष फसाउन खोजिएको भन्दै युवा संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

गृहमन्त्री श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष रूपमा काम गर्न आफूलाई सहयोग गर्ने बचन दिइरहेको बताउनुभयो ।