२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले पिएसजी छाड्ने पक्का, शनिबार अन्तिम खेल खेल्दै



अ+ अ-

एजेन्सी । फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड लियोनल मेसीले क्लब छाड्ने पक्का भएको छ ।

३५ वर्षीय मेसीले यस सिजनको अन्त्यसँगै पिएसजी छाड्ने भएका हुन् ।

पिएसजीका मुख्य प्रशिक्षक क्रिस्टोफ गाल्टियरले मेसीले क्लब छाड्ने पुष्टि गरेका छन् । प्रशिक्षक गाल्टियरले मेसीले पिएसजीका लागि शनिबार क्लेर्मन्टसँग अन्तिम खेल खेल्ने जनाएका छन् ।

‘मैले फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने अवसर पाएको छु । पार्क डेस प्रिन्सेसमा यो उनको अन्तिम खेल हुनेछ र मलाई आशा छ कि उनले न्यानो स्वागत पाउनेछन् ।’ गाल्टियरले भनेका छन् ।

विश्वकप विजेता समेत रहेका मेसीको क्लबसँगको सम्झौता यसै समरमा सकिँदैछ । उनले २०२१ मा पिएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।

मेसी पुनः आफ्नो पुरानो क्लब बार्सिलोना फर्कने चर्चा छ । मेसीले पिएसजीका लागि ७४ खेलमा ३२ गोल गरेका छन् ।




भर्खरै