२७ जेष्ठ २०८३, बुधबार
,
Latest
समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले देशमाथि गद्दारी गर्नुभएको छ, जवाफले मात्रै पुग्दैन माफि माग्नुपर्छ: एमाले सचेतक बर्तौला



अ+ अ-

काठमाडमैँ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताउनुभएको छ ।

आईतवार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गर्नुभएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै त्यसप्रति प्रधानमन्त्रीले माफि माग्नुपर्ने बताउनु भयो । उहाँले नागरिकता विधेयकलाई असंवैधानिक रुपमा राष्ट्रघात हुनेगरी प्रमाणिकरण गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘असंवैधानिक हिसावले प्लेन चढ्नुभन्दा अगाडी नागरिकता विधेयक असंवैधानिक हिसावबाट यो देशलाई राष्ट्रघात हुनेगरी उहाँले राष्ट्रपतिलाई प्रमाणिकरण गर्न उक्साएर, प्रमाणिकरण गरेर कोसेली लिएर जानुभयो । एक हातमा सिन्धुर अर्को हातमा नागरिकता दिनेगरी आएको छु महामहिम भन्न पुग्नुभयो । त्यसलाई उहाँले उपलब्धि ठान्नुभयो ।’

‘यो देशका सिमाका विषयमा, लिपुलेक र कालापानीको विषय सत्ता भर्ने, कता कताको जमिन लिने यो देशको प्रधानमन्त्रीलाई यो मुलुकको जमिनका बारेमा यस प्रकारले बोल्ने अधिकार कसले दियो ? उहाँलाई त्यो अधिकार छ दिल्लीमा गएर, दिल्लीका शासकहरुका सामु लम्पसार परेर नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी बंगलादेशको सिमाको बाटो लिनेगरी सट्टाफेरी गर्ने । यस प्रकारको अपारदर्शी उहाँले कयौँ गतिविधि गरेर आउनुभएको छ । हामीले संसदमार्फत सिंगो देशलाई उहाँले भन्नुपर्छ । अपारदर्शी काम गर्ने ? यो देशको सार्वभौमता, यो देशको अखण्डता, नेपालको जमिनमाथि धावा बोलेर आउनुभएको छ । उहाँले देशमाथि गद्दारी गर्नुभएको छ । राष्ट्रघात गर्नुभएको छ । यसको जवाफ दिएर मात्रै पुग्दैन । माफि माग्नुपर्छ ।’