२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शरणार्थी प्रकरण : लम्बियो बहस



file photo
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अदालतमा उपस्थित १८ मध्ये ११ प्रतिवादीका तर्फबाट बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँले बुधबारसम्म सरकारी वकिलका लागि जवाफको समेत समय तोकेको भए पनि बहस लम्बिएको हो । प्रतिवादी आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, हरिभक्त महर्जनलगायतका तर्फबाट अझै बहस हुन बाँकी छ । यसअघि इजलासले गरेको समय व्यवस्थापनअनुसार बुधबार बहस सकेर थुनछेकको आदेशको तयारी थियो ।

मंगलबार पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस भएको छ । खाणका तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी तथा अधिवक्ता पंकज कर्णले बहस गर्नुभएको छ । बहसको सुरुआत गर्दै कर्णले खाणविरुद्ध कुनै किटानी जाहेरीसमेत नभएको अवस्थामा सहअभियुक्तको पोलका आधारमा प्रतिशोधपूर्ण मुद्दा चलाइएको जिकिर गर्नुभयो ।

कर्णले अपुष्ट र अप्रमाणित पत्र सहयोगीसँग फेला पार्नुले मात्र अभियोग पुष्टि नहुने तर्क पनि गर्नुभयो । शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले घटना मिलाउन पत्र लेखेको दाबी प्रहरीले गरेको छ ।

सहअभियुक्तले पोलेकै आधारमा अभियोग पुष्टि हुन नसक्ने कर्णको जिकिर छ । खाणबाट प्रमाण नष्ट गर्ने कुनै अवस्था नहरेको र तत्काल ठोस कुनै प्रमाण्णसमेत नरहेकाले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था नरहेको उहाँको जिकिर छ ।

यस्तै वरिष्ठ अधिवक्ता केसीले खाणविरुद्ध अभियोगमा कुनै ठोस प्रमाण पेस गनृ नसकेको जिकिर गर्नुभयो । खाणमाथि राज्यले सुनियोजित रुपमा मुद्दा चलाएको केसीको दाबी छ । उहाँले खाणविरुद्ध तत्काल कुनै पनि ठोस प्रमाण नभएकाले सहअभियुक्तको बयानका आधारमा मात्र प्रतिवादी बनाइएकाले साधारण तारेखमा रिहा हुनुपर्ने माग केसीले इजलासमा गर्नुभयो ।

शरणार्थी प्रकरणमा अदालतमा जेठ १० गते मुद्दा दायर भएको थियो । जेठ १२ गतेदेखि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान सुरु भएको थियो । बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो । सरकारी वकिलले अभियोगमा प्रतिवादीबाट २८ करोड ८१ लाख ७४ हजार पाँच सय रुपैयाँ असुलउपर गरी जाहेरवालालाई भराउन गरिएको छ । कसुरदारबाट अपराध पीडित संरक्षण ऐन अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति भराउन पनि माग गरिएको छ ।

दुई पूर्वगृहमन्त्री, एक बहालवाला सचिवसहित ३० जनाविरुद्ध मुद्दा दायर भएको थियो । पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेसहित ३० जनालाई मुद्दा लगाइएको हो । तीन जना प्रतिवादीमध्ये १४ जनालाई फरार अभियुक्तका रुपमा मुद्दा दायर गरेकोमा मुद्दा दर्तापछि दुई जना पक्राउ परिसकेका छन् ।




भर्खरै