२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप श्रीलंका र पाकिस्तानमा हुने, भारतको कुनै पनि खेल पाकिस्तानमा नखेलाइने



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेट प्रतियोगिता २०२३ का खेलहरू पाकिस्तान र श्रीलंकामा हुने भएका छन् । पाकिस्तानमा प्रतियोगिताका जम्मा ४ खेल हुनेछन् । बाँकी ९ खेल श्रीलंकामा हुनेछन् ।

समूह चरणको प्रारम्भिक चार खेल पाकिस्तानमा हुनेछ । जसमा एउटा समूहबाट नेपाल र पाकिस्तानबीचको खेल, अर्को समूहबाट अफगानिस्तान र बंगलादेश, अफगानिस्तान र श्रीलंका तथा बंगलादेश र श्रीलंकाबीचको खेल हुनेछ । यसको मतलब भारतले पाकिस्तानमा एक खेल पनि खेल्ने छैन । फाइनल पनि श्रीलंकामा हुनेछ ।

३१ अगस्टदेखि सेप्टेम्बर १७ सम्म हुने यस प्रतियोगिता कुन–कुन सहरमा हुने भन्ने जानकारी भने खुलाइएको छैन । श्रीलंकामा समुह चरणबाट भारत र पाकिस्तान, भारत र नेपालबीचको खेल हुनेछ । यसपछि दुवै समूहका शीर्ष २ टोली सुपर–४ मा पुग्नेछन् । सुपर–४ का सबै खेल र फाइनल पनि श्रीलंकामै हुनेछ ।

एसिया कपको चालू सिजनको आयोजना विवादमा फसेको छ । आयोजनाको जिम्मेवारी पाकिस्तानलाई दिइएको थियो तर एसीसीका अध्यक्ष तथा बीसीसीआई सचिव जय शाहले गत वर्ष अक्टोबरमा भारतीय टोलीलाई पाकिस्तान पठाउन अस्वीकार गरेका थिए । यस्तो अवस्थामा विवाद सिर्जना भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को क्यालेन्डरमा पाकिस्तानलाई सन् २०२३ मा हुने एसिया कपको आयोजनाको जिम्मा दिइएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले क्यालेन्डर सार्वजनिक हुने वित्तिकै भारत पाकिस्तान खेल्न नजाने स्पष्ट पारेको थियो । बीसीसीआईले एसिया कप तटस्थ स्थानमा आयोजना गर्न भनेको थियो तर पाकिस्तान क्रिकेट बोर्डले सो कुरा मानेन । तर, पाकिस्तानले पनि हाइब्रिड मोडलमा प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरेको थियो ।

एसिया कप कसले कतिपटक जिते ?
भारत – ७ पटक (१९८४, १९८८, १९९०–९१, १९९५, २०१०, २०१६, २०१८)
श्रीलंका – ६ पटक (१९८६, १९९७, २००४, २००८, २०१४, २०२२)
पाकिस्तान – २ पटक (२०००, २०१२)